Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    मंगलबार, बैशाख २३ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना र एक मिडिया हाउसविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले स्थानीय ठामा विद्युतको पोल गाड्ने तथा तार तान्ने ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंह, लेखा अधिकृत मुकेशप्रसाद साह र नेपाल मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    उनीहरूले सार्वजनिक खरिद ऐन विपरीत सूचना गोप्य राखी झुट्टा विवरण सहितको बिलमार्फत १ लाख ४२ हजार १६० रकम भुक्तानी गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग दाबीसहित मुद्दा दायर गरिएको अयोगका सहसचिव एवं प्रवक्ता राजेराजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार