काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताउनुभयो । अदालतमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उहाँले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो ।
विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटन पछि बौल्दै तिमिल्सिनाले अदालतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानुको बिकल्प नरहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्रयाउन सहयोग गर्ने बताउनुभयो ।
कालिगण्डकी नदी माथि निर्माण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ । अहिलेसम्म सिङ्गल स्पानमा यति लामो झोलुङ्ेपुल विश्वमै नभएको सम्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएर सर्वसाधरणलाई खुला गरिएपनि कोरोनाका कारण औपचारिकरुपमा उद्घाटन र हस्तान्तरण गरिएको थिएन । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडाँैका अनुसार ठेक्का सम्झौताभन्दा १० महिना अघिनै पुल निर्माण सकिएको बताइएको छ ।
पुल निर्माणको जिम्मा थानी÷बिएलटी÷हिमशिखर कन्स्ट्रक्सनले पाएको थियो । सबैको सहयोगले उक्त पुल निर्माण छिटो सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुँने गरी चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो ।
चैत २०७५ देखि शुरु भएको पुल निर्माण आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भएपनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको हो । नेपालमा अधिकांश निर्माण कम्पनीले कामको जिम्मा लिए पनि समयमै निर्माण कार्य नसकेको अवस्थामा ठेक्का सम्झौताभन्दा अगावै निर्माणकार्य सम्पन्न भएको छ । पुलको लठ्ठा तान्नका लागि निर्माण कम्पनीले उच्चस्तरको चिनियाँ प्रविधिको प्रयोग गरेको थियो ।
बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गरेकोे ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ । बिस २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भएपनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले चार मिटरभन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ । अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल रहेका छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा ठेक्कामार्फत निर्माण भएको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend