Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको १४ लाख नगद सहित २ जना पक्राउ


    आइतबार, बैशाख २१ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ। आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा गोरखा शहिद लखन गाउँपालिका- ८ बस्ने २५ वर्षीय बिमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका छन् ।

    अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार