काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ का ६० वर्षीय चुडामणि कँडेलले आफ्नै श्रीमतीको हत्या गराउन ‘सुपारी’ दिएका थिए । तर, योजना असफल भएपछि उनले दिएको पैसा नफर्काउने अभियुक्तहरूले उल्टै कँडेलकै हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, चैत २७ गते कँडेल आफ्नै घरको शौचालयमा घाँटी डोरीले कसिएको अवस्थामा मृत फेला परेका थिए । प्रारम्भिक रूपमा आत्महत्या आशङ्का गरिए पनि विस्तृत अनुसन्धानपछि हत्या गरिएको खुलेको हो ।
हत्या आरोपमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङ पक्राउ परेका छन् । उनीहरूले कँडेलकी श्रीमती सुस्मिता सिलवालको हत्या गर्न चार लाख रुपैयाँ ‘सुपारी’ लिएको पाइएको हो ।
कँडेलले आफ्नो श्रीमतीको हत्या गराउन प्रजालाई चार लाख रुपैयाँ दिएका थिए । उक्त रकम जग्गा बिक्री गरेर दिएको खुलेको छ । रकम लिएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गरेका थिए । तर, पटक–पटक प्रयास गर्दा पनि श्रीमतीको हत्या गर्न नसकेपछि कँडेलले पैसा फिर्ता माग्न थालेका थिए ।
प्रहरीका अनुसार अभियुक्तहरूले रकम खर्च भइसकेपछि कँडेललाई नै हटाउने योजना बनाएका थिए । त्यसअनुसार चैत २४ गते राति घरमै रहेका कँडेललाई कोदालोको बिँडले प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रमाण नष्ट गर्न अभियुक्तहरूले कँडेलको घाँटीमा डोरी बाँधेर आत्महत्या देखाउने प्रयास गरेका थिए ।
घटनापछि अनुसन्धानका क्रममा अभियुक्त अक्कल बहादुर प्रजाको कोठाबाट एक लाख रुपैयाँ बरामद गरिएको छ । तीनै जनाले घटना पछि स्थानीय बजारबाट एउटै डिजाइनका जुत्ता किनेको भेटिएको छ ।
प्रहरीका अनुसार, सुस्मिता प्रायः सीतापाइलामा बस्ने गरेकी थिइन् र श्रीमान श्रीमतीबीच खासै बोलचाल हुँदैनथ्यो । घटना हुनुभन्दा दुई साता अघि उनी गाउँ आइपुगेकी थिइन् र घटनाको दिन बिहानै फर्किएकी थिइन् । यही कारण स्थानीयले उनलाई पनि अनुसन्धान गर्न सुझाव दिएका थिए ।
तर, अनुसन्धानको क्रममा श्रीमतीको होइन, श्रीमतीको हत्या योजना बनाउने श्रीमान्कै षड्यन्त्रको पर्दाफास भयो । अहिले सुस्मिता सिलवालले तीनै अभियुक्तविरुद्ध जाहेरी दिएकी छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend