बारा। बारा आदर्श कोतवाल गाउँपालिका स्थित प्रहरी गस्ती टोलीले २२५ किलो लागुऔषध गाँजा लोड गरेको ट्याक्टरसहीत ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल–३ बाँतरा बस्ने बर्ष ३० को नन्दकिशोर मुखिया बिन गाँजा तस्करहरु हेटौडा नगरपालिका ४ बस्ने बर्ष २१ को कमान प्रजा, मकवानपुर कैलास गाउँपालिका-४ देवतिस बस्ने बर्ष २४ को सिताराम प्रजा, मकवानपुर बकैया गाउँपालिका ५ छतिवन बस्ने बर्ष २२ को नवराज मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्।
आदर्श कोतवाल– ३ बाँतरा गाउँ छेउ खेतमा पार्किङ गरि राखेको प्र.२.०३.००१ त ४८७६ नम्बर को ट्याक्टरको ढाला मुनि फल्स बटन बनाई गाँजा लुकाई छिपाई राखिएको छ भन्ने प्रहरीलाई गोप्य सुचना प्राप्त भएको थियो।
लगत्तै शुक्रवार साँझ ईलाका प्रहरी कार्यालय बारागढी बाट इन्स्पेक्टर कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ट्याक्टरको ढालामुनि फल्स बटन बनाइएको ठाउँमा प्लास्टिकले बेरिएको गाँजा १५ वटा काटुनमा २ सय २५ किलोग्राम बरामद गरेको थियो।
गाँजा र ट्याक्टरसहित चालक नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दै जाँदा थप ३ जनाको संलग्नता रहेको देखिएको थियो। प्रहरीले कोल्हवी बजारस्थितमा रोज उड होटलको कोठा नम्बर ३०३ मा छापामारी गाँजा तस्करीमा संलग्न तीनैजनालाई पक्राउ गरेको हो ।
बरामद गाँजा, ट्याक्टर सहित चारैजनालाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको तथा थपअनुसन्धान भईरहेको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको जानकारहरुले बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend