बारा। बारा आदर्श कोतवाल गाउँपालिका स्थित प्रहरी गस्ती टोलीले २२५ किलो लागुऔषध गाँजा लोड गरेको ट्याक्टरसहीत ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल–३ बाँतरा बस्ने बर्ष ३० को नन्दकिशोर मुखिया बिन गाँजा तस्करहरु हेटौडा नगरपालिका ४ बस्ने बर्ष २१ को कमान प्रजा, मकवानपुर कैलास गाउँपालिका-४ देवतिस बस्ने बर्ष २४ को सिताराम प्रजा, मकवानपुर बकैया गाउँपालिका ५ छतिवन बस्ने बर्ष २२ को नवराज मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्।
आदर्श कोतवाल– ३ बाँतरा गाउँ छेउ खेतमा पार्किङ गरि राखेको प्र.२.०३.००१ त ४८७६ नम्बर को ट्याक्टरको ढाला मुनि फल्स बटन बनाई गाँजा लुकाई छिपाई राखिएको छ भन्ने प्रहरीलाई गोप्य सुचना प्राप्त भएको थियो।
लगत्तै शुक्रवार साँझ ईलाका प्रहरी कार्यालय बारागढी बाट इन्स्पेक्टर कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ट्याक्टरको ढालामुनि फल्स बटन बनाइएको ठाउँमा प्लास्टिकले बेरिएको गाँजा १५ वटा काटुनमा २ सय २५ किलोग्राम बरामद गरेको थियो।
गाँजा र ट्याक्टरसहित चालक नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दै जाँदा थप ३ जनाको संलग्नता रहेको देखिएको थियो। प्रहरीले कोल्हवी बजारस्थितमा रोज उड होटलको कोठा नम्बर ३०३ मा छापामारी गाँजा तस्करीमा संलग्न तीनैजनालाई पक्राउ गरेको हो ।
बरामद गाँजा, ट्याक्टर सहित चारैजनालाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको तथा थपअनुसन्धान भईरहेको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको जानकारहरुले बताएका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend