रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्भालेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ६५९६ को गत १५ गतेको पत्र आदेशानुसार एसपी गिरी रौतहट प्रहरी प्रमुखको जिम्मेवारी सम्भालेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी गिरीको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय लगायत प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए। तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको सरुवा भएपछि उनकै स्थानमा एसपी गिरी आएका हुन्।
बिना घुमुवाको १३ महीने कार्यकाल पूरा गरी एसपी घिमिरे दुई दिन अघी त्यहाँबाट रवाना भएका थिए। शून्य सहनशीलताको नीति लिएर कार्यकाल पूरा गरेका एसपी घिमिरेको बिदाई समारोहमा सैयौं नागरिकले भव्यरुपमा सम्मान गर्दै उनको खुलेरै सराहना गरेका थिए।
एसपी गिरी पनी घिमिरे सरह शून्य सहनशीलताको नीति सहित काम गर्ने जिल्ला बासीले बिश्वास लिएका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend