रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्भालेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ६५९६ को गत १५ गतेको पत्र आदेशानुसार एसपी गिरी रौतहट प्रहरी प्रमुखको जिम्मेवारी सम्भालेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी गिरीको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय लगायत प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए। तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको सरुवा भएपछि उनकै स्थानमा एसपी गिरी आएका हुन्।
बिना घुमुवाको १३ महीने कार्यकाल पूरा गरी एसपी घिमिरे दुई दिन अघी त्यहाँबाट रवाना भएका थिए। शून्य सहनशीलताको नीति लिएर कार्यकाल पूरा गरेका एसपी घिमिरेको बिदाई समारोहमा सैयौं नागरिकले भव्यरुपमा सम्मान गर्दै उनको खुलेरै सराहना गरेका थिए।
एसपी गिरी पनी घिमिरे सरह शून्य सहनशीलताको नीति सहित काम गर्ने जिल्ला बासीले बिश्वास लिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend