Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्‍ने, महासचिव पौडेललाई पनि कारबाही गर्ने प्रचण्ड-नेपाल समूहकाे निर्णय


    शुक्रबार, माघ २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौंमा माघ २३ का लागि प्रदर्शनको मिति तय भएको थियो ।

    सरकारको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भणडारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा दोस्रो चरणको आन्दोलनको घोषणा गरेको नेकपाले अब राजधानी केन्द्रित कार्यक्रम गर्ने भएको छ।

    बैठकमा अध्यक्षद्वय प्रचण्ड-नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङ्‌मा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    बैठकले प्रदेश १ कमिटीको अध्यक्षमा केपी ओली समूहका देवराज घिमिरेलाई हटाएर घनेन्द्र बस्नेतलाई चयन गरेको छ । सह–इन्चार्चमा राजेन्द्र राई र जयन्ती राई चयन भएका छन् ।

    यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपाले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो ।

    तर, ओलीको पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई थप कारबाहीको सिफारिस गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए । यस्तै शुक्रबार सकिएको सातौं स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार