Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल-भारत संयुक्त आयोगको बैठक जारी


    शुक्रबार, माघ २ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँदिल्लीमा सुरु भएको छ । शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबादमा आयोगको बैठक सुरु भएको हो ।

    बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका छन् । आयोगको छैटौं बैठकमा तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल हुनेछ । 

    द्विपक्षीय संयन्त्रमध्ये आयोग सबैभन्दा माथिल्लो तहको भएकाले नेपालले सीमाको मुद्दालाई विशेष जोड दिने सम्भावना छ । तर भारतले आयोग बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकतामा नराख्ने प्रस्ट पारेको छ ।

    आयोगको बैठकअघि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार