Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक इजलासका चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीकाे गाेप्य भेटवार्ता


    शुक्रबार, माघ २ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग गाेप्य भेटवार्ता गरेको खुलेको छ। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ अघि प्रधानमन्त्री ओलीले बालुवाटारमा पालैपालो चार न्यायाधीशसँग गोप्य रुपमा भेटवार्ता गरेका हुन् ।

    असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका चार जना न्यायाधीशसँग गोप्य रुपमा भेटेका स्राेतकाे दावी छ ।

    प्रधानमन्त्रीको नीजि सचिवालय निकट स्रोतका अनुसार पुस २७ गते साेमबार सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।

    मल्ल र कार्की दुवै पूर्वएमाले कोटाबाट सर्वोच्चको न्यायाधीश बनेका हुन् र प्रधानन्यायाधीशको रोलक्रममा रहेका छन्। कार्की बाहिरिएपछि चार जनाको सैवैधानिक इजलासमा प्रधानन्यायाधीशले मल्ललाई समावेश गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार