Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान


    बुधबार, बैशाख १७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको दर्ज्यानी चिन्ह सुशोभन समारोह एक विशेष समारोहबीच सम्पन्न भएको छ।

    उक्त समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नति प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह लगाई दिएसँगै हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण, प्रशासनिक सुधार, मानव श्रोत व्यवस्थापन र संगठनको दीर्घकालीन हितका लागि प्रभावकारी कार्य योजना, नीति निर्माण र रणनीतिक योजनाहरू तयार गर्न निर्देशन दिएका छन् ।

    उनले प्रहरी सेवालाई थप व्यावसायिक, पारदर्शी र जनमुखी बनाउन नवपदोन्नति अधिकृतहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार