Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३० हजार घुस लिएको आरोपमा प्रहरी सईविरुद्ध भ्रष्टाचार मुद्दा


    मंगलबार, बैशाख १६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्काविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो ।

    खड्काले भारतबाट भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका लागि सामान ल्याउन दिने भन्दै सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको प्रमाणित भएपछि विशेषमा मुद्दा दायर गरिएको हो ।

    खड्कालाई घुस मागेको सूचना र उजुरी निवेदन परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ रकम सहित नियन्त्रणमा लिएको थियो ।

    खड्काले घुस लिएको ३० हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी गर्दै मुद्दा दायर गरिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार