रौतहट । सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वाटर गण रौतहट र मातहतका युनिट हरुले साढे ४ करोड बढीको अबैध सामान सहित ओसार पसारमा प्रयोग गरिएको १४३ सवारी साधन नियन्त्रणमा लिएको छ।
यस आर्थिक वर्षको गत साउन देखी यही बैशाख १३ गतेसम्म अबैध चोरी तस्करी नियन्त्रणमा ४ करोड ५१ लाख ६५ हजार ७ सय चौरहत्तर बराबरको विभिन्न अबैध सामानहरु बरामद गरी राजश्व अनुसन्धान कार्यालय तथा भन्सार कार्यालयमा दाखिला गरिएको छ।
तस्करीको अवैध सामान ओसार पसारमा प्रयोग गरिएका तथा अवैध १४३ वटा सवारी साधन र बिभिन्न अपराधिक गतिबिधि तथा घटनामा संलग्न १८ जना ब्यक्तिलाई प्रकाउ गरि कारवाहीको दायरामा ल्याइएको छ।
सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटको १८ स्थापना दिवसको अवसरमाआयोजित बिशेष समारोहका बीच सशस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बैशाख १३ गतेसम्म भएको उपलब्धिको प्रतिबेदन सार्वजनिक गरेका थिए। सोही अवधिमा भारतसँगको ३२ किलोमिटर लामो अन्तराष्ट्रिय सीमाको सुरक्षालाई थप व्यवस्थित बनाउन लागिपरेको उनले बताएका थिए।
सीमा क्षेत्रका शान्ती सुरक्षा प्रभावकारी बनाउन १३८ पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको, ९ वटा स्थानमा दशगजा अतिक्रमण हटाईएको, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १ वटा सार्बजनिक शौचालयको निर्माण, ३ वटा चापाकल निर्माण र १ वटा सार्वजनिक चौतारा निर्माण कार्य सम्पन्न गरिएको एसपी बस्नेतले प्रतिवेदनमार्फत बताएका थिए।
लागु औषध सीमा अपराध जस्ता बिषयमा ११७ वटा सचेतनामुलक कक्षा संचालन गरिएको छ। विपद्जन्य घटनाहरुमा उद्दार, राहत तथा पुनस्थापना जस्ता कार्यमा अहोरात्र खटिदै आईरहेको छ । जिल्लामा बाढी तथा डुबान, आगलागी, सवारी दुर्घटना लगायतका १६६ वटा घटनाहरुमा ९१७ जना जनशक्ति परिचालन गरिएको उनले बताएका छन्।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend