काठमाडौं । झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २१ जनालाई पक्राउ गरेको छ । ब्युरोका अनुसार अवैध वित्तीय कारोबारमा संलग्न विभिन्न मनि चेन्जर तथा त्यसका सञ्चालकसमेत २१ जनालाई पक्राउ गरिएको हो ।
उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ कारोबार गरेको पाइएको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबार बापत प्राप्त गरेको गैरकानूनी रकमलाई उनीहरूले परिचालन गरेको पाइएको छ ।
ब्युरोले अवैध रकमलाई विभिन्न रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ई(मनि बनाई सो रकमलाई रेमिट्यान्सबापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको रकम हिसाब मिलान गरेको देखिएको जनाएको छ ।
पक्राउ पर्नेहरूमा वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह,अरुण कुमार साह, प्रदिप कुमार साह, संजिवकुमार महतो, राज लोनिया कमल, भिम कुमारी गुरुङ, राम विलास साह, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपती पाण्डे, सलमा खातुन, सुशीला कुमारी शाहु, गोविन्द प्रसाद आचार्य र सम्भु मेहता रहेका छन् ।
ब्युरोले पक्राउ परेकाहरुविरुद्ध नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend