Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ, २ प्रहरी निलम्बित


    सोमबार, बैशाख १५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला भारतमा पक्राउ परेकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयबाट आइतबार फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

    कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर विष्टले मानव बेचबिखन मुद्दामा पक्राउ परेर म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको जानकारी दिए ।

    हतकडीसहित थुनुवा भागेपछि दुई जना प्रहरीलाई कारवाही गरिएको छ । दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार