Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेप्से परिसूचक ३.५८ अंकले बढ्यो


    आइतबार, बैशाख १४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ ।

    अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८७ करोडको भयो । उच्च कारोबारका बीच बजारको परिसूचक नेप्से सामान्य अंक बढेको छ ।

    नेप्से परिसूचक ३.५८ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६६१ मा कायम भएको छ । कारोबारकै क्रममा १२ : २५ बजे २६८४ अंकसम्म पुगेको थियो । आज सबैभन्दा धेरै बढ्नेमा लगानी सेक्टर छ भने घट्नेमा फाइनान्स ।

    बैंकिङ ०.३९, विकास बैंक ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटे । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार