सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पुर्याएको बताएका छन् । ‘मकर सङ्क्रान्ति’, ‘माघे सङ्क्रान्ति’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस–२०७७’ का अवसरमा उनले कर्णालीवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति र आरोग्यताका लागि शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले आज शुभकामना सन्देश जारी गर्दै बहुसाँस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुभाषिक विविधताले भरिपूर्ण नेपालमा साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता र आपसी सद्भाव कायम गर्नमा सहयोग पुगेको बताएका छन् । सन्देशमा उनले भनेका छन्,“नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी मुलुक हो ।
लोकतन्त्रले सबैको साँस्कृतिक पर्वलाई सम्मान गरेको छ । साँस्कृतिक, धार्मिक, जातीय र भाषिक विविधताले विश्वसामु चिनिएको नेपालको मौलिक विशिष्टता अर्थात चाडपर्वले सामाजिक सद्भाव, अखण्डता, साझा पहिचान र राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।”
त्यसैगरी, मानव जीवनका लागि योग तथा ध्यानको महत्वलाई बुझेर नेपाल सरकारले विसं २०७२ देखि माघ १ गतेलाई ‘राष्ट्रिय योग दिवस’ घोषणा गरेको बताउँदै उनले ‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूलनारासँगै आज मनाइँदै गरेको योग दिवसले सबैको रोग प्रतिरोधात्मक क्षमता बढाउने अपेक्षा गरिएको बताए ।
मुख्यमन्त्री शाहीले कोभिड–१९ पूर्ण नियन्त्रण नआइसकेको भन्दै सावधानीका साथ पर्व मनाउनसमेत आग्रह गरे । प्रदेश सरकारले गत वर्षदेखि ‘माघी पर्व’ का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । रासस
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend