Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सडकमा नागरिकमाथि ट्राफिक प्रहरीको कुटपिटको अर्को घटना सार्वजनिक


    शुक्रबार, बैशाख १२ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

    सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा युवाले तपाईँले के गर्नुभएको भनिरहेको सुनिन्छ भने प्रहरीले ‘किन भागेको ?’ भन्दै लखेटेर समात्दै कुटपिट गरेको देखिन्छ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गिरीले भिडियोबारे थाहा नभएको र अब हेर्ने बताए ।

    यसअघि पनि एक व्यक्तिलाई सडकमा लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि चार ट्राफिक प्रहरीमाथि छानबिन भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार