Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सडकमा नागरिकमाथि कुटपिट गर्ने ४ ट्राफिकमाथि छानबिन सुरु


    बिहिबार, बैशाख ११ २०८२
    3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सडकमा नागरिकमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त,जनसेवाबाट काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ ।

    काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको मंसिर २१ गते सुन्धाराको आकाशेपुलमुनि कुटपिटको घटना भएको उल्लेख गर्दै कुटपिटमा संलग्न ट्राफिक प्रहरीलाई जनसेवा ट्राफिक पोष्टबाट उपत्यका प्रहरी कार्यालयमा झिकाएर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको बिहीबार नै विज्ञप्तिमार्फत् जनाएको छ ।

    २०८१ मंसिरमा भएको घटना करिब ५ महिनापछि २०८२ बैशाख ११ गते सामाजिक संजालमा भाइरल भएपछि उपत्यका ट्राफिक कार्यालयले तत्कालै कुटपिटमा संलग्न प्रहरीलाई जिम्मेवारीबाट तानेर छानबिन गरेको जनाएको हो ।

    उपत्यका ट्राफिक कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘आज मिति २०८२ वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा एकजना पुरूष व्यक्तिमाथि कुटपिट तथा दुव्र्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

    प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुल मुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार