Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मापसे गर्ने र ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट


    शुक्रबार, जेष्ठ १८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ट्राफिक कारबाहीमा परेकालाई सडकमा स्वयंसेवकको रुपमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

    गृहमन्त्रीको उक्त निर्णय खारेजको माग गर्दै शुक्रबार कृष्ण विक, रविन्द्र पौडेल, आकाश कुमार भट्ट, प्रमेश पौडेल, उज्जवल माली, इमामुल हक र राजु परियारले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

    रिट निवेदनको पेशी आइतबारलाई तोकिएको  छ । रिटमा देशमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन र उसले बोले‍को भरमा कानुन बनाउन नमिल्ने तर्क गर्दै उत्प्रेष्णको आदेशबाट उक्त आदेश खारेजको माग गरिएको छ ।

    गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णय गरेका थिए । लगत्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्रीको निर्देशनअनुसार ट्राफिक कारबाहीमा परेकाहरूलाई विभिन्न चोक तथा सडकमा स्वयंसेवकका रुपमा खटाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार