काठमाडौं । मङ्गलवार सेयर बजार ९.९६ अङ्कले ओरालो लागेको छ । बजार तीन दिन लगातार ओरालो लागको हो । आजको कारोबारपछि नेप्से परिसूचक २६८८ अङ्कमा कायम भएको छ । कारोबार सुरु भएको १३ मिनेटमै नेप्से २७०७ अङ्कसम्म पुगेको थियो ।
बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३२ करोडको भयो । ८६ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने एउटाको स्थिर रह्यो ।
अन्य सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो । दुई ठुला कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य बढ्दा समग्र सेक्टर बढ्न मद्दत पुगेको हो । त्यस्तै होटल तथा पर्यटन समूह ०.७९ र उत्पादन समूह १.१८ प्रतिशत बढे । यीबाहेक सबै सेक्टर घटे । लगानी सबैभन्दा धेरै १.८७ प्रतिशत घट्यो ।
बैंकिङ ०.७३, विकास बैङ्क १.६१, फाइनान्स ०.३५, हाइड्रोपावर ०.६७, जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार १।६५ प्रतिशत घटे ।
दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । मकर जितुमाया सुरी हाइड्रोपावरको ७।४७, ग्रिनलाइफ हाइड्रोपावरको ५.३०, नेपाल पुनर्बीमाको ४.८३ प्रतिशत बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । ङादी ग्रुपको ३.८८ तथा एचआईडीसीएलको ३.७९ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् क्रमशः अगाडि रहे ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend