Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरा महानगरका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    मंगलबार, बैशाख ९ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले मंगलबार पोखरा महानगरपालिकाको उजुरी फर्छ्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

    गिरीविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

    गिरीले अख्तियारमा उजुरी परी पत्र आएको छ उक्त उजुरीसँग सम्बन्धित प्रमाण मेटाई दिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले गिरीलाई सेवाग्राहीसँग २५,००० घुस लिइसकेको अवस्थामा नियन्त्रण लिइएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार