Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कञ्चनपुरमा जलेको अवस्थामा भेटियो शव र मोटरसाइकल


    मंगलबार, बैशाख ९ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरको घटियाघाट सडक छेउमा जलेको अवस्थामा एक परूषको शव फेला परेको छ ।

    मंगलबार बिहान करिब ६ः४५ बजेतिर बेलौरी तोरीको भुसमा लागेको आगोमा जलेको अवस्थामा शव र मोटरसाइकल भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले सडक छेउमा जलेको अवस्थामा मोटरसाइकलसहित एक व्यक्तिको शव भेटिएको जानकारी दिए ।

    उनका अनुसार शव पूरै जलेर क्षतविक्षत रहेकाले सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार