Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको २ लाख नजिक पुग्यो


    मंगलबार, बैशाख ९ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनको भाउ हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(मंगलबार) सुन तोलामा छ हजार ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ९७ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार