Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान पढ्न ल क्याम्पस आउन प्रधानमन्त्री ओलीलाई अनेरास्ववियुकाे आग्रह


    बुधबार, पुष २९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ ।

    बुधबार अनेरास्ववियुले प्रधानमन्त्रीको ‘असंवैधानिक’ कदमविरुद्ध संविधानवाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न ल क्याम्पस आउन अनुरोध गरेको हो ।

    अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीका लागि गैरसंवैधानिक कदम चालेको र संविधानकाे गलत व्याख्या गरेकाे भन्दै ल क्याम्पसमा पढ्न आउन आग्रह गरिएकाे बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार