Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी


    सोमबार, बैशाख ८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ। बैठक प्रधानमन्त्री निवास  बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।

    आजको बैठकमा २० दिनदेखि आन्दोलनरत शिक्षकका मागमाथि छलफल गरेर निर्णय हुने बताइएको छ।

    शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेबारे प्रस्ताव लैजाने र त्यसमाथि छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ।

    यसका साथै शिक्षकहरुको आन्दोलनकाबीच शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले शिक्षकहरुको माग सम्बोधनका लागि पटक पटक छलफल गरेपनि निकास दिन नसकेपछि राजिनामा दिएका हुन् । उनले आज प्रधानमन्त्रीलाई भेटेर राजिनदामा बुझाएकी हुन् ।

    सम्भवत आजको मन्त्रिपरिषद बैठकले उनको राजिनामा स्वीकृत गर्ने बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार