Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • दाङमा एक व्यक्तिले आफैँमाथि चलाए गोली


    सोमबार, बैशाख ८ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा एक व्यक्तिले आफैँलाई गोली हानेका छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैँलाई गोली चलाएका हुन् ।

    प्रहरीका अनुसार उनको मृत्यु भइसकेको छ । आचार्यले लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैँमाथि गोली चलाएको पाइएको प्रहरीले जनाएको छ । आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । आफैँमाथि गोली चलाउनुको कारण भने खुलेको छैन ।

    गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो । प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार