काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघ संगको वार्ता एक-दुई दिनभित्रै निश्कर्षमा पुग्ने बताएका छन् ।
‘शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबीचमा गम्भीर छलफल भइरहेको छ,’ नियमित भर्ना र १२ कक्षाको परिक्षा प्रभावित नहुने गरि वार्ता सफल पार्ने कोशिश भईरहेको भईरहेको छ ‘विद्यालय शिक्षा विधेयकका बारेमा शिक्षा विभागको आधिकारिक धारणा तय गर्ने क्रममा पार्टी कार्यालय सानेपामा भ्रातृ र सुवेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा महरले उक्त कुरा बताएका हुन्।
उनले सरोकारवालाहरूबीचको वार्ता सकारात्मक रहेकाले एकरदुई दिनमै निकास निस्कने विश्वाससमेत व्यक्त गरेका छन्। शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया नै अवरुद्ध हुनुका साथै कक्षा १२ को परीक्षासमेत अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै कांग्रेस समस्या समाधानमा गम्भीर रहेको उनले बताए।
उनले सरकारलाई समेत माग सम्बोधनमा गम्भीर हुन आग्रह गरेका छन्। ‘चैत २० यता शिक्षकहरू निरन्तर प्रदर्शनमा हुनुहुन्छ। यसले लाखौं विद्यार्थी मारमा परेका छन्। यस्तो अवस्थामा सरकारसँगको शिक्षकहरूको वार्ता सकारात्मक रुपमा अघि बढिरहेकाले चाँडो निकासमा पुर्याउनुपर्छ। यो संवेदनशील घडीको आन्दोलनरत शिक्षक समुदायले बुझ्ने कुरामा पनि हामी विश्वस्त छौं।छलफल सकारात्मक भएर मात्र हुँदैन, निश्कर्षमा पुग्नु जरुरि छ,’ उनले भने।
भर्ना प्रक्रिया अवरुद्ध नहोस् र कक्षा १२ को परीक्षा प्रभावित नहोस् भन्नेमा कांग्रेस चिन्तित रहेकाले सरकार र शिक्षक महासंघ संग निरन्तर छलफल भइरहेको समेत उनले प्रस्ट पारेका छन्। शिक्षा विधेयकका विषयमा पार्टीको आधिकारिक धारणाका लागि शिक्षा विभाग प्रमुखको हैसियतले आफूहर शिक्षा विधेयकको ड्राफ्ट निर्माणका लागि पार्टी भित्र बाहिर छलफल ,अन्तक्रिया भइरहेको महरले जनाएका छन्।
‘नेपालको संविधानले व्यवस्था गरेको १२ कक्षासम्म निस्शुल्क शिक्षा कार्यान्वयनको सवाल र ‘थ्री पीु पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणा अनुरुप निजी लगानीको संरक्षण गर्ने , शिक्षामा २०५ बढी वजेट विनियोजन, विदेशी विश्वविद्यालय बाट अनुमति लिएर संचान भएका कलेज र शैक्षिक परामर्शदातृ संस्थाहरुको नियमन,प्रविधिक र जीवन उपयोगि शिक्षा कुरामा पनि कांग्रेसले धारणा तय गर्दै छ। एकै प्रकारका शिक्षकको व्यवस्था गर्ने, राज्यको हैसियतले भ्याएसम्म शिक्षकहरूको सेवा सुविधा बनाउने, उनीहरूको बढुवालगायत शिक्षकका थुप्रै मागप्रति कांग्रेस सकारात्मक छ,’ महरले भने।
कांग्रेस शिक्षाको गुणस्तरीयता कायम गर्न र शिक्षकका माग सम्बोधनमा दृढ रहेको कुरामा कसैलाई दुविधामा नपर्ने महरले आग्रह गरेका छन्।तर गुणस्तरिय शिक्षाका लागि शिक्षकको कर्तव्य र योगदान बढी जिम्मेवार हुने कुरा पनि विर्शिनु हुदैन ‘विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा नेपालको हुनुपर्छ भन्नेमा हामी दृढ छौं। शिक्षकका माग सम्बोधन र शिक्षा क्षेत्रका समस्या समाधानका लागि हामी घनिभूत परामर्शमा छौं , हामीले अशल र गतिशिल शिक्षकका मार्फत उन्नत शिक्षाको समाजले अपेक्षा गरेको ।यद्यपी चाँडै समस्याको हल निस्कन्छ,’ उनले भने।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend