Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि ‘पटके’ भइसके, यो अवस्थामा रास्वपा अघि बढ्न सक्दैन: मुकुल ढकाल


    सोमबार, बैशाख ८ २०८२
    980
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई ‘टोले गुण्डा’को संज्ञा दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत ढकालले लामिछाने जेल आउने-जाने गरिरहने भएकाले ‘पटके’ भइसकेको बताएका हुन् । उनले लामिछानेको मुद्दाको फैसला, आदेशलगायत १८-२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै उनी जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुने पनि जिकिर गरेका छन् ।

    ‘रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ । कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन् । यिनी जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुन्छ,’ उनले भनेका छन्, ‘तपाईंहरूको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका हुन्छन् । यसरी पटक पटक जेल जाने–आउने गरिरहनेलाई चलनचल्तीको भाषामा ‘पटके’ भनिन्छ । रवि दाइ पनि ‘पटके’भइसके ।’

    रवि लामिछानेको जेल आउजाउ गर्ने पटके अवस्थाले रास्वपालाई धेरै हानि भएको समेत ढकालको जिकिर छ । उनले रविलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै गर्न सक्छ भन्दै उनलाई आउजाउ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहने भनाइ राखे ।

    रविको यो पटके अवस्थाका कारण अन्तिममा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ र उही अन्तिम रिजल्ट भनेको काङ्ग्रेस-एमाले-माओवादीले नै जित्ने ढकालको भनाई छ । उनले अन्त्यमा तीतो सत्य नै यही भएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार