Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शङ्खरापुरमा श्रीमतीको हत्या गरि श्रीमान फरार, छोरोछोरी घाइते


    सोमबार, बैशाख ८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको शंखरापुरमा एक महिलाको हत्या भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भई शंखरापुर नगरपालिका–९ स्थित सानागाउँ बस्ने पुतली तामाङको खुकुरी प्रहार गरी हत्या भएको हो ।

    मृतकका श्रीमान् पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।

    घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई उपचारको लागी ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार