Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथि बहस सुरु


    बुधबार, पुष २९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

    संसद विघटनविरुद्ध परेको रिटभाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । आजको बहस त्यसमै केन्द्रीत रहने बताइएको छ ।

    प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार