काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका दक्षिण गेट, हनुमानथान, अनामनगर, न्यूप्लाजा, वैद्यखाना र स्वास्थ्य मन्त्रालय आसपासका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । ती क्षेत्रका सडक सुनसान छन् भने विभिन्न स्थानमा ब्यारिकेड राखेर आवागमन बन्द गरिएको छ ।
सिंहदरबारको पर्खाल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी र दङ्गा नियन्त्रण बल तैनाथ गरिएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल नजिकै पनि पानीको फोहोरा हान्ने गाडीसहित दङ्गा नियन्त्रण टोली राखिएको छ ।
सिंहदरबार प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ, भने सीमित व्यक्तिहरूलाई मात्र सघन जाँचपछि प्रवेश दिइएको छ । राप्रपाले तीनकुने घटनाको न्यायिक छानबिन र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग राख्दै प्रदर्शन गर्दै छ ।
प्रदर्शनपूर्व सिंहदरबारभित्र पम्प्लेटसहित प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ भने अन्य कार्यकर्ताहरूले रिहाइको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend