Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पक्राउ परेका राजेन्द्र लिङ्देनसहितलाई काठमाडौँ परिसर लगियो


    आइतबार, बैशाख ७ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सिंहदरबारमा प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।

    आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् ।

    उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अङ्कित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए । पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार