Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ५२ संबैधानिक पधाधिकारी नियुक्तिविरुद्दको रिटमा सुनवाइ जारी


    आइतबार, बैशाख ७ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संबैधानिक निकायका ५२ जना पधाधिकारी नियुक्तिका बारेमा सर्वोच्च अदालतमा सुनवाइ जारी रहेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ जारी रहेको हो ।

    प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको जनाइएको छ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि बल्ल गत माघदेखि नियमित सुनुवाइ भएको हो ।

    गत बुधबार चौथो दिन सुनुवाइ भएको थियो । सामान्यतया बुधबार र शुक्रबार मात्रै पूर्ण इजलास तोकिने गरेको प्रधानन्यायाधीशकै अग्रसरतामा यो मुद्दामा प्राथमिकता तोकिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार