Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँमा प्रदर्शन र आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त


    आइतबार, बैशाख ७ २०८२
    945
    Shares
    A view of a traffic jam on a road, in Kathmandu, on Monday, November 21, 2016. Photo: THT
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको मुख्य क्षेत्रमा आज बिहानैदेखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकहरुले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको हो ।

    यसअघि शिक्षक आन्दोलनका कारण माइतीघर–बानेश्वर खण्ड दिउँसो बन्द गरिँदै आएको थियो । तर, आज दिउँसो राप्रपाले विजुलीबजार सहित निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि शिक्षकहरु दिउँसोको समय सारेर बिहानै ९ बजेदेखि प्रदर्शनमा उत्रिएका छन् । त्यसैले प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले शिक्षक आन्दोलनका कारण मुख्य सडकबाट सवारी साधनलाई डाइभर्सन गरेपछि साँघुरा र भित्री सडकहरुमा गाडीहरुको चाप रहेकाले ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या रहेको बताए ।

    बिहान ९ बजेदेखि शिक्षकको प्रदर्शन जारी छ । मध्याह्न १२ बजेपछि राप्रपाको प्रदर्शन सुरु हुनेछ । नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार