Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित


    शनिबार, बैशाख ६ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडां । यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीच हुन लागेको निर्णायक खेल वर्षाका कारण प्रभावित भएको छ । काठमाडौं उपत्यकामा रातिदेखि परेको वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित भएको हो ।

    बिहान ९ बजे सुरु हुनपर्ने खेल वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । अहिले पानी पर्न रोकिएपनि मैदान सुक्न समय लाग्ने भएकाले खेल सुरु हुन केहि समय ढिलाई भएको हो ।

    अर्को वर्ष आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गर्ने लक्ष्यसहित दुई बलिया टोली नेपाल र अफगानिस्तान मैदानमा उत्रिँदैछन् । आजको खेलमा विजयी हुने टोलीले २०२६ मा आयोजना हुने विश्वकप खेल्न पाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार