Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार


    शनिबार, बैशाख ६ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

    मोटरसाइकलमा आएका युवाले करिब साढे ९ बजेतिर टिकालाई गोली हानेर भागेको रुपन्देहीका एसपी रञ्जित सिह राठौरले जानकारी दिए ।

    २९ वर्षीय अविवाहित युवती बुद्ध नगरमा खाजा घर सञ्चालन गर्दै आइरहेकी थिइन् । उनको कम्मरमाथि गोली लागेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई कसले र किन गोली हान्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार