Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आर्थिक भार थप्ने गरी पद सिर्जना नगर्न मुख्यसचिव अर्यालको आग्रह


    शुक्रबार, बैशाख ५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताएका छन् ।

    आर्थिक भार थप्ने गरी पद सिर्जना नगर्न उनको आग्रह छ । ‘अतिरिक्त सचिव नभएर के असर पर्‍यो ?’ मुख्यसचिव अर्यालको प्रश्न छ ।

    शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले अतिरिक्त सचिव पद सिर्जना गरेर मुलुकलाई आर्थिक भार मात्रै थपिने बताएका छन् ।

    ‘अतिरिक्त सचिव अभ्यासमा फेल भएको अभ्यास हो,’ अर्यालले भने, ‘अतिरिक्त सचिव नभएकैले सेवा प्रवाहमा असर परेको हो रु वा के भएको हो ?’

    आर्थिक रूपमा नेपाल लिमिटेड सोर्समा रहेको भन्दै उनले थपे, ‘पद सिर्जना गर्दै गर्दा ख्याल गरौँ- भोलि स्टेट फेल हुने अवस्था आयो भने के हुन्छ ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार