रौतहट। बारा जिल्लाको बिभिन्न स्थानमा प्रहरी गस्ती टोलीले ट्रक, र साढेतीन क्विन्टल लागुऔषध गाँजा सहित ५ जना तस्कर लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालन गरिएको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत चेकजाँचको क्रममा प्रहरीले ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्करलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा गएराति पौने १२ बजे ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप महानगरपालिका–३ बजन स्थित हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गरेको थियो।
चेकजाँचमा ट्रक भित्र लुकाई छिपाई लगी रहेको लागू औषध गाँजा ३०५ किलो (१९ पोका) बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।
लागू औषध गाँजा वरामद गरी ट्रक सहित ओसारपसार कार्यमा संलग्न रहेका ट्रक चालक मकवानपुर कैलास गाँउपालिका– ४ बस्ने वर्ष ३२ को राजन लामा, ट्रकमा सवार हेटौडा उपमहा नगरपालिका–३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र ओसार पसारमा संलग्न कैलास गाउँपालिका–१० बस्ने वर्ष २७ को जिवन ठोकर पक्राउ गरिएको प्रवक्ता पण्डितले जानकारी दिएका छन्
त्यसै गरी विशेष सूचनाको आधारमा बिहीवार ईलाक प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका ४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहले आफ्नै घरमा विक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम वरामद गरी पवनकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यस्तै विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले पचरौता नगरपालिका– १ मुसहरी टोलस्थित मकै बारी हुँदै टाउकोमा बोकी नेपालबाट भारततर्फ ओसारपसार गर्दै गरेको अवस्थामा लागू औषध गाँजा ६० किलो (४ पोका) सहित भारत बिहार मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने बर्ष २५ को राजबिहारी कुमारलाई पक्राउ गरेको छ।
पक्राउ परेका सबैजना नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कार्वाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हाले देखि सानो अवधिमै प्रहरीले लागुऔषध गाँजा, चरेस, अफिमसहित दर्जनौं तस्कर र दजनौं सवारी साधन नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउन सफल भएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend