Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाल यौनदुराचार मुद्दामा तपस्वी रामबहादुर बम्जनले पाए सफाइ


    बिहिबार, बैशाख ४ २०८२
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौनदुराचारको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

    भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो । उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए ।

    जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार