Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामाजिक कार्यकर्ता संघको अध्यक्षमा लामिछाने चयन


    बिहिबार, बैशाख ४ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक कार्यकर्ता संघ नेपालको अध्यक्षमा प्रतीक शर्मा लामिछाने चयन भएका छन् । काठमाडौँमा भएको संस्थाको पाचौँ अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    कुनै पनि विश्वविद्यालयबाट सामाजिक कार्य विषयमा कम्तीमा स्नातक तहउत्तीर्ण गरेका शिक्षार्थीहरू मात्रै सदस्य रहने अन्तर्राष्ट्रिय सामाजिक कार्यकर्ता संघको मान्यता छ ।

    उक्त संस्थाको नेपाल शाखाकोरुपमा संघले कार्य गर्दै आएको छ । संघको चौथो अध्यक्षमा चुनिएका लामिछाने सामाजिक कार्य विषयमा विद्यावारिधि हुन् । उनी हाल त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक छन् ।

    त्यस्तै, सामाजिक कार्य विषयमा विद्यावारिधि गरेका सरोज गिरी संघको उपाध्यक्ष चयन भएका छन् । गिरी पनि हाल त्रिविमै उपप्राध्यापककारुपमा कार्यरत छन् ।

    संघको महासचिवमा सुदिप लामा वाइवा, सचिवमा प्रगति खड्का र कोषाध्यक्षमा राजेशमान सिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अनिमा श्रेष्ठ र सुनिता विशुन्खी सदस्यमा निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार