काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। आज (बिहीबार) बसेको कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
‘आजको बैठकले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ,’ अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘९ गते ७७ जिल्लामा विरोधसभा, धर्ना, प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय आजको बैठकले गरेको छ। सरकारले यहाँ प्रदर्शन गर्नू, यहाँ नगर्नू भनेर निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ। त्यसविरुद्ध निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने निर्णय गरेका हौँ।’ उनले भने ।
चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहितलाई रिहाइ गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ।
तीनकुने घटनामा प्रदर्शनकारीलाई उचालेर हिंस्रक बनाएको आरोप उनीहरूमाथि छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend