काठमार्डौ । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसिरहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने झाको भनाइ छ।
त्यस्तै महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेग रिपोर्टिङ हुने झाले जानकारी दिए।
आजको बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठले पेस गरेको राजीनामा पत्रबारे पनि छलफल हुनेछ। एक व्यक्ति एक पद कार्यान्वयनका लागि भन्दै सुमनाले पार्टी सहमहामन्त्री पदबाट राजीनामा पत्र बुझाएकी छन्।
उनले आफू सांसद भएको र विधायकी भूमिका अहिलेको लागि महत्वपूर्ण रहेकाले त्यसमा समय दिनका लागि सहमहामन्त्री पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएको नेताहरूको भनाइ छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend