चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गरे ।
उनले भने, “तत्काल सरकारमा जाने मनस्थिति छैन । जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ ।” उनले अहिले पार्टीका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताए ।
फेरि राजतन्त्र फर्कन सक्ला ? भन्ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरी उनले राजतन्त्र ल्याएर फाइदा नभएको बताउँदै व्यक्ति विशेषमा राम्रो भावना, योजना भए प्रभावकारी काम गर्न सकिने धारणा राखे ।
नेपालीहरू हाम्रो देश चलाउन, अघि बढाउन, देशको सम्मान, स्वाभिमानको रक्षा गर्न र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्ने अवस्थामा रहेका अध्यक्ष नेपालको भनाइ छ । शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
वर्षौंदेखि भएका सहमति कार्यान्वयन गर्न सरकारलाई नेपालले आग्रहसमेत गरे । उनले भने, “विद्यार्थीको भविष्यसँग जोडिएको विषय छ । यसलाई सरकारले समाधान गर्न तदारुकता देखाउनु पर्छ ।”
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend