Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७ तोला सुन सहित एक जना पक्राउ


    बिहिबार, बैशाख ४ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • स्याङ्जा । गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ परेका छन् ।

    सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदिप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग।१ ज ८८०९ नम्बरको ईभि भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार