काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान सुरु भएको छ। उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँको महिला सेलमा उजुरी परेपछि अनुसन्धान अगाडी बढाएको हो।
झाविरुद्ध अदालतबाट पक्राउ अनुमति पनि लिइसकेको प्रहरी स्रोतले बताएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले यस विषयमा अनुसन्धान भइरहेको बताए।
अनुसन्धान अगाडी बढेपछि झा भने मोबाइल बन्द गरेर फरार छन्। उनी भारत भागेको प्रहरीको आशंका छ। झा २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए।
नेकपाभित्रको विवादका कारण तिलक परिवारलाई पदमुक्त गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। तर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि झालाई पदमुक्त गरेका थिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend