Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस र कम्युनिस्ट एक रुखका २ हाँगा हुन्: बाबुराम भट्टराई


    बुधबार, बैशाख ३ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रमा कांग्रेस र कम्युनिस्ट एक रुखका दुई हाँगा भएको बताएका छन् ।

    काठमाडौंमा बुधबार आयोजित उक कार्यक्रममा भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र आएसकेपछि कांग्रेस र कम्युनिस्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताएका हुन् ।

    कार्यक्रममा अध्यक्ष भट्टराईले अहिले विभिन्न ढंगले प्रतिगामीहरु सल्बलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्ने बताए ।

    यस्तो बेला गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे । दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिने उनको भनाइ छ ।

    राजनीतिक बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने प्रक्रिया भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार