Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले हङकङलाई गर्‍यो ११५ रनमा अलआउट


    बुधबार, बैशाख ३ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हङकङलाई ११५ रनमा अलआउट गरेको छ ।

    तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६।२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो ।

    नेपालले हालसम्म खेलेका दुईवटै खेल जितेको छ भने आज तेस्रो जित निकाल्ने लक्ष्यमा छ । नेपालजस्तै दुई खेल जितेको अफगानिस्तान आज यूएईसँग माथिल्लो मुलपानीमा खेल्दै छ र बलियो प्रदर्शन गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार