Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिराहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन


    बुधबार, बैशाख ३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सिरहामा यौन दुर्व्यवहारमा परेकी एक महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

    गृहमन्त्री लेखकले बुधबार बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्न निर्देशन दिएको लेखकको सचिवालयले जनाएको छ । ‘यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे खबर सार्वजनिक भएपछि आजै मन्त्रीज्यूले प्रहरी प्रमुखलाई छानबिनका लागि निर्देशन दिनु भएको हो’, लेखकको सचिवालयले भन्यो ।

    आफूमाथि बलात्कारको प्रयास भएको बताएकी नरहा गाउँपालिका बर्छवा गाउँकी २५ वर्षीया आनन्दी देवी सदाय मृत अवस्थामा भेटिएकी थिइन् । उनी हिजो मंगलबार सिरहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

    गत ९ पुसमा आफूमाथि दुई युवाले बलात्कार प्रयास गरेको उनले बताउँदै आएकी थिइन् । प्रहरीमा जाहेरी दिँदा समेत नलिएको उनको आरोप थियो ।

    यता प्रहरीले भने अनुसन्धान नै नभएको भन्ने विषयलाई अस्वीकार गरेको छ ।

    नवराजपुर गाउँपालिका(३ जगतपुरकै २२ वर्षीय सञ्जिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर बलात्कारको प्रयास गरेको आरोप छ । उनीहरु दुवै जना भागेर भारत पुगेकाले पक्राउ गर्न समस्या भएको एसपी शर्माले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार