Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • युथ कांग्रेसको महामन्त्रीमा ठाकुर


    बुधबार, बैशाख ३ २०८२
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । युथ कांग्रेस नेपालको केन्द्रीय अधिवेशनबाट सर्लाहीका युवानेता प्रभात ठाकुर निर्विरोध महामन्त्रीमा चयन भएका छन् ।

    राजनीतिमा लामो समयदेखि सक्रिय ठाकुरले संगठनभित्र कुनै पनि प्रतिस्पर्धा बिना महामन्त्रीको जिम्मेवारी हात पारेका हुन् । जुन कुराले उनको प्रभावशाली राजनीतिक हैसियतलाई पुष्टि गरेको छ ।

    छात्र राजनीति, समाजसेवा र लोकतान्त्रिक आन्दोलनको अग्रपंक्तिमा रहँदै आएका ठाकुर सर्लाही जिल्लामा युवाको नेतृत्व विकासमा प्रभावशाली भूमिका निभाउँदै आएका छन् । उनको निर्वाचनले विशेषगरी मधेसका युवाबीच उत्साह र आशा जागेको छ ।

    निवाचनपछिको संक्षिप्त मन्तव्यमा ठाकुरले भने–‘मैले पाएको जिम्मेवारी गौरवको विषय हो । युवाको आवाज बुलन्द बनाउन र समाज परिवर्तनमा योगदान पुर्याउन म प्रतिवद्ध छु ।’

    युथ कांग्रेसले लोकतान्त्रिक मूल्य, पारदर्शीता र युवाको सशक्तिकरणलाई मूल उद्देश्यका रूपमा अघि सारेको छ । ठाकुरको नेतृत्वले संगठनलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।

    साथै, अधिवेशनबाट कोषाध्यक्षमा विराज अर्याल र सहमहामन्त्रीमा अश्मिता बयलकोटी चयन भएका छन् । नयाँ नेतृत्व टोलीले संगठनलाई अझ क्रियाशील र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार