Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले हतास मानसिकतामा संसद विघटन गरेर तानशाह बन्ने सपना देखे : उपेन्द्र यादव


    मंगलबार, पुष २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न लागेकाे बताएका छन् ।

    वीरगन्जमा मङ्गलबार संघीय प्रेस फोरमले गरेको पत्रकार भेटघाट कार्यक्रममा यादवले आफ्नो पार्टी र सरकार दुवैमा असक्षम भएपछि हतास मानसिकतामा ओलीले संसद विघटन गरेर तानशाह बन्ने सपना देखिरहेको बताए ।

    ओलीको नियत चुनाव गराउने नभइ सबै निकाय आफनो कब्जामा लिएर तानाशाह बन्ने रहेको यादवको भनाइ थियो । उनले भने, ‘ यो राजनीतिक संकटमा चुनाव हुनै सक्दैन।

    यदि जबरजस्ती चुनाव गराइयो भने पनि त्यो चुनावको वैधानिकता र विश्वनीयता नै हुँदैन। पूर्वराजा ज्ञानेन्द्रले गराएको जस्तो चुनावको कुनै अर्थ रहदैन ।’

    ओलीले वैशाखमा गर्ने भनेको चुनाव कुनै पनि हालतमा हुनै नसक्ने ठोकुवा उनको छ । उनले संसद विघटनाको असंवैधानिक कदम ढाकछोप गर्न ओलीले चुनावको प्रोपोगण्डा ल्याएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार